बालेनको लहर कि रास्वपाको एजेन्डा? जित कसको ? भन्दै नायिका पूजा शर्माको प्रश्न



काठमाडौं – पछिल्लो चुनावी नतिजा र त्यसमा देखिएको अप्रत्याशित जनलहरलाई लिएर नायिका पूजा शर्माले गम्भीर राजनीतिक प्रश्न उठाएकी छन्। सामाजिक सञ्जाल फेसबुकमा एक पोस्ट लेख्दै उनले हालको चुनावी परिणाम वास्तवमा कसको जित हो भन्नेबारे बहस छेडेकी हुन्।

काठमाडौँ महानगरपालिकाका पूर्व मेयर बालेन्द्र शाह (बालेन) को प्रभाव र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को चुनावी नतिजालाई जोड्दै पूजाले यो जितको मुख्य हकदार को हो भनी प्रश्न गरेकी छन्। उनले लेखेकी छन्, “यो चुनावको नतिजा हेर्दा एउटा प्रश्न झन् ठुलो हुँदै गएको छ— यो जित वास्तवमा कसको हो? के यो बालेन शाहको प्रभावले आएको लहर हो कि राष्ट्रिय स्वतन्त्र पार्टीको सङ्गठन र एजेन्डाको जित हो?”

काठमाडौँको सडकदेखि सामाजिक सञ्जालसम्म बालेनको कार्यशैली र प्रभाव देखिएको उल्लेख गर्दै उनले मतपेटिकाबाट निस्किएको परिणामले अर्कै कथा भनिरहेको तर्क गरेकी छन्। बालेनको लोकप्रियताले रास्वपालाई फाइदा पुगेको हो वा रास्वपा आफैँमा बलियो भएको हो भन्नेमा उनले अन्योल व्यक्त गरेकी छन्।

अन्त्यमा, उनले आफ्ना शुभचिन्तक र सर्वसाधारणलाई प्रश्न सोध्दै लेखेकी छन्, “यो चुनाव जित्ने वास्तवमा को हो? बालेन? कि राष्ट्रिय स्वतन्त्र पार्टी? तपाईँको विचार के छ?”

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu