निश्चलले प्रधानमन्त्रीको रूपमा बधाई दिँदा बालेनले के भने ?



काठमाडौं – प्रतिनिधि सभा निर्वाचनअन्तर्गत झापा क्षेत्र नम्बर ५ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) को सानदार जित सुनिश्चित भएसँगै उनलाई भावी प्रधानमन्त्रीका रूपमा बधाई आउन थालेको छ। नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारी मतान्तरले पछाडि पार्दै बालेनले ऐतिहासिक जित निकालेपछि चलचित्र निर्देशक तथा अभिनेता निश्चल बस्नेतले उनलाई ‘प्रधानमन्त्री’ सम्बोधन गर्दै बधाई दिएका छन्।

मतगणनाको परिणामले बालेनको जित पक्का गरेपछि निर्देशक बस्नेतले सामाजिक सञ्जाल फेसबुकमा एक अर्थपूर्ण र सङ्केतात्मक पोस्ट गरेका हुन्। बालेनको पृष्ठभूमिमा विशाल चन्द्र सूर्य अङ्कित नेपालको झन्डा फहराइरहेको तस्बिर राख्दै उनले एउटा काल्पनिक संवाद सेयर गरेका छन्।

पोस्टमा निश्चलले लेखेका छन्:

निश्चल: “बधाई छ प्रधानमन्त्री ज्यू।”

बालेन: “तपाईँलाई चैँ बधाई छ, म त अब ५ वर्ष दलिएर काम गर्नुपर्ने छ।”

(यति सुनेपछि म मस्त सुतेँ ।)

के हो निश्चलको यो सङ्केत?

निश्चलको यो पोस्टले आम नेपाली नागरिकको बदलिँदो मनोविज्ञान र नयाँ नेतृत्वप्रतिको गहिरो विश्वासलाई उजागर गरेको छ। एमालेको ‘किल्ला’ मानिएको झापा-५ मा ओलीलाई नै पराजित गरेपछि बालेन अब देशको कार्यकारी प्रमुख (प्रधानमन्त्री) बन्ने पक्कापक्की जस्तै भएको बुझाइ सेलिब्रेटीदेखि सर्वसाधारणसम्ममा देखिन्छ।

संवादको अन्त्यमा प्रयोग गरिएको “म मस्त सुतेँ” भन्ने वाक्यले विशेष अर्थ बोक्छ। यसको सीधा सङ्केत हो— अब देशको नेतृत्व काम गरेर देखाउने युवाको हातमा पुगेको छ र दशकौँ लामो राजनीतिक अस्थिरता एवं निराशाबाट मुक्त भएर अब जनताले ढुक्कको सास फेर्न (मस्त सुत्न) पाउनेछन्।

स्मरण रहोस्, रास्वपाले यस पटक बालेन शाहलाई भावी प्रधानमन्त्रीको उम्मेदवारका रूपमा अघि सार्दै चुनावमा होमिएको थियो। झापा-५ को यो नतिजासँगै निश्चल बस्नेतलगायत धेरै कलाकार र आम नागरिकले बालेनलाई बालुवाटार (प्रधानमन्त्री निवास) मा देख्ने सपना साकार भएको महसुस गर्न थालेका छन्।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu