लोरेन भन्छिन्, ‘मेरो लागी एकरातको ६२ लाख’



lorenबलिउड र हलिउडका सेलिब्रेटीहरु आफ्नो सुन्दरताको लागि प्रशंसकले लाखौँ डलरसमेत खर्च गर्नसक्ने बताउने गरेका छन् । कलिउडको लागि नौलो, बलिउडका लागि सहज बन्दै र हलिउडका लागि यो सामान्य भइसक्यो । हलिउडमा यस्तै अर्की सेलिब्रेटी गायिका लोरेन गुडगरले आफूलाई एक रातको ४० हजार पाउन्ड अर्थात् नेपाली ६२ लाख रुपियाँको प्रस्ताव आएको खुलासा गरेकी छिन् ।

ग्ल्यामर मोडल र ब्युटीसियन समेत रहेकी लोरेनले कार्यक्रम ‘बिग ब्रदर’मा उक्त कुराको खुलासा गरेकी हुन् । २७ वर्षीया लोरेनका अनुसार दुबईमा बस्ने उनका प्रशंसकले यदि आफूले उनीसँग एक रात बिताए ४० हजार पाउन्ड दिन तयार भएका थिए । लोरेनका प्रशंसकले यो कुराको बारेमा भने कसैलाई केही बताउन नपाउने सर्त राखेका छ तर प्रशंसकको यस्तो प्रस्तावलाई आफूले स्वीकार नगरेकोसमेत लोरेनले दाबी गरिन् ।

यस वर्षको सुरुवातमा नै लोरेन एउटा सेक्स टेपको कारण सार्वजनिक जीवनमा निकै आलोचित बनेकी थिइन् । उक्त भिडियोमा लोरेनले आफ्नो प्रेमीसँग रोमान्स गरिरहेको दृश्य कैद थियो ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu