मोडलिङ छोडेर मैदानमा जवानी पोख्दै क्लाडिया



cloudia-football

इटालियन मोडल क्लाडिया रोमानीले मोडलिङ छोडेर नयाँ करियरतर्फ कदम बढाएकी छिन् । उनले फुटबलको प्रोफेसनल रेफ्रीको परीक्षा पास गरिसकिन्, अब उनी सोही पेसा अंगाल्ने बताइएको छ ।

३२ वर्षीया यी सुन्दरीले मञ्चमा क्याटवाक गर्न छोडेर अब सिट्टी बजाउँदै मैदानमा जवानी पोख्नेछिन् । क्लाडिया इटालीको चर्चित फुटबल लिग ‘सिरी ए’ तथा ‘बी’का खेलहरु सञ्चालन गर्न सक्षम रहेको बताइएको छ । यस खुसीमा उनले भनिन्, ‘मैदानमा दौडिँदै खेलाडी र खेल नियन्त्रित गर्नु मेरा लागि रोमाञ्चक क्षण हुनेछ ।

आजसम्म कुनै पनि महिला रेफ्रीले ‘सिरी ए’ का खेलहरु सञ्चालन नगरेकाले त्यो सौभाग्य सम्भवतः मैले नै पहिलो पटक पाउने छु । तर स्मरणीय कुरा यो छ कि, सर्वियाकी टिभी स्टार कट्रीनालाई उनको सुन्दरताकै कारण मौदान प्रवेश गर्न रोक लगाइएको थियो । क्याडियाले भने यो चुनौती कसरी पार गर्लिन्, त्यो भने हेर्न बाँकी नै छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu