संसारको सबैभन्दा महंगो कोठामा बस्छन् रोबर्ट डी नीरो



niro

चर्चित हलिउड अभिनेता रोबर्ट डी नीरो न्यूयोर्कको सबैभन्दा महंगो फ्लाटमा भाडामा बस्दै आएका छन् । अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार उनले उक्त फ्लाटको भाडा प्रतिमहिना १ लाख २५ हजार डलर अर्थात झन्डै १ करोड २२ लाख रूपैयाँ तिर्दै आएका छन् ।

समाचारका अनुसार डी नीरो र उनकी पत्नी ग्रैस हाईटवर १५ सेन्ट्रल पार्क वेस्टस्थित इमारतका एक पूरै भब्य अपार्टमेन्टमा बस्दै आएका छन् । ६ हजार वर्ग फुट आकारको यस फ्लाटमा पाँच वटा रूम, सातवटा बाथरूम, एउटा पुस्तकालय र एउटा डाइनिङ हल रहेको समाचारमा उल्लेख छ । यसका साथै फ्लाटमाबाट सेन्ट्रल पार्क, मैनहट्टन शहर तथा हडसन नदीको सुन्दरता देख्न सकिन्छ ।

यी युगल जोडी सन् २०१२ मा आफ्नो अपार्टमेन्टमा आगलागि भएपछि बेघर भएका हुन् । उनीहरू आफ्नो घरको जबसम्म पूरै मर्मत सम्हार हुँदैन तबसम्म भाडामै बस्ने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu