म्यागजिनको कभरका लागी किमले उतारिन लुगा (फोटो फिचर)



kim

एजेन्सी । हलिउड अभिनेत्री तथा गायिका किम कार्दाशिया आफ्नो रोमान्चक जीवनका लागि चर्चित छिन् । म्यागजिनको लागि अत्यन्तै सुन्दर लुक्समा नांगो तस्वीर खिचाउनु उनको लागि कुनै नयाँ काम नै होइन । हाल उनले न्यूयोर्कको एक पत्रिका ‘पेपर’ लागि यस्तै फोटोसुट गराएकी छिन् । जसका कारण उनी फेरि एकपटक चर्चामा छिन् ।

किम कार्दाशिया गायिका, अभिनेत्रीका साथ-साथै उत्कृष्ट मोडेल पनि हुन् । किनले टेलिभिजनमा काम गरेर खुब चर्चा बटुलेकी छिन् । टेलिभिजनमा उनको चर्चित शो छ, ‘किपिङ्ग अप विथ द कार्दाशिया ।’ उनी मोडलिंग र अभिनयसँगै चर्चित फेसन डिजाइनर र सफल व्यापारीसमेत हुन् । उच्च शिक्षा हासिल गर्दैगर्दा उनले आफ्नो पिताको म्युजिक कम्पनी मुभी ट्यून्समा पनि काम गरेकी थिइन् ।

२००७ मा किम कार्दाशियाले हलिउड फिल्ममा नायिकाकी रुपमा प्रवेश गरेकी थिइन् । २००८ मा उनको फिल्म ‘डिजास्टर मुभी’ आएको थियो । यसैगरी २००९ मा उनको नयाँ चलचित्र आयो ‘डीप इन द वैली ।’ त्यसै वर्ष किम कार्दाशियाको अर्को चलचित्र आयो ‘अमेरिकन ड्याड ।’ सुरुमा दामान थोमससँग नाम जोडिए पनि उनको विवाह पुरानो मित्र तथा र्‍‍यापर केनी वेस्टसँग भएको थियो । उनकी एक छोरी छिन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu