हिरोलाई मान्छेको मासु खाने इच्छा



jish

एजेन्सी । मानिसहरुको शोख पनि अनौठा अनौठाका हुन्छन् । तपाईलाई झट्ट यो कुरा सुन्न सायद पत्यार नलाग्न पनि सक्छ तर यो कुरा सहि हो ।

एक हलिउडका नायकले आफूलाई मानिसको मासु चाख्ने इच्छा भएको बताएपछि यसले हलिउड मात्र होइन संसारमै तहल्का मच्चिएको छ ।

हलिउड स्टार जोश हचरसनले एक अन्तरवार्ताको क्रममा आफूलाई मान्छेको मासुको स्वाद कस्तो होला भन्ने उत्सुकता रहेको बताएका हुन् । एक वेबसाइट कन्टेन्टम्युजिक डटकमले उनले मान्छेको मासु खाने चाहाना व्यक्त गरेको उल्लेख गर्दै मान्छेको मासु खाँदा गलत नहुने भए जोशले मान्छेको मासु खाने उल्लेख गरेको छ ।

उनले भनेका छन्, ‘म जान्न चाहन्छु कि मानिसको मासु कस्तो हुन्छ ? ठिक त्यस्तै गरी कि पशुपंक्षीको मासु कस्तो हुन्छ भनेर तपाई जान्न चाहनु हुन्छ ।’

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu