यसरी बेचिइन १३ वर्षीया बालिका (भिडियो)



13-years

ठुलोपर्दा डटकम, काठमाण्डौ ।
१३ वर्षीया बालिका जब भारतको वेश्यालयमा बेचिन्छिन्, उनको जीवन कति त्रासदीमय बित्ला ?
नेपाली समाजको लागि यो कुनै नौलो घटना नभए पनि माथिको दृश्य भने वास्तविक जीवनको होइन । हलिउड चलचित्र ‘सोल्ड’मा यस्तै दृश्य उत्तारिएको छ ।

ओस्कर पुरस्कार विजेता जेफ्री डि ब्राउनले निर्देशन गरेको सो चलचित्र प्याट्रिसिया म्याककर्मिकले लेखेको उपन्यासमा आधारित छ । चलचित्रमा ‘लक्ष्मी’ लाई प्रमुख पात्रका रुपमा देखाइएको छ । जो १३ वर्षको उमेरमा भारतको एक वेश्यालयमा बेचिएकी हुन्छिन् । उनलाई विदेशमा काम लगाइदिने बहानामा बेचिएको हुन्छ । चलचित्रलाई जेन चाल्र्सले निर्माण गरेका हुन् ।

नेपालका १२ देखि १८ वर्ष उमेरका १० हजारदेखि २० हजार बालबालिका विभिन्न मुलुकमा बेचिने गरेको अध्ययनहरुले देखाएका छन् । उनीहरुमध्ये धेरैजसो बालिकालाई भारत तथा खाडी मुलुकमा देहव्यापार गर्न बाध्य पारिने गरेको पाइन्छ ।

यसैगरी हलिउड चलचित्र ‘सोल्ड’ ले काठमाडौँमा आफ्नो विशेष प्रदर्शनीको अवसरमा परोपकारी काम पनि गर्ने भएको छ । चलचित्र प्रदर्शनीको अवसर पारेर ‘बालबालिकालाई पढाऔँ, बेचबिखन हुनबाट बचाऔँ’ भन्ने अभियान सञ्चालन गर्ने भएको हो ।

चाइल्डरिच नेपालको आयोजनामा आइतबार काठमाडौंमा पत्रकार सम्मेलनमा उक्त जानकारी दिइएको हो । मङ्गलबारबाट सो अभियान सुरु गर्न लागेको जानकारी दिइयो । उक्त चलचित्रको मङ्गलबारस्थित कुमारी चलचित्र हलमा विशेष प्रदर्शनी गरिने भएको छ ।

प्रोमो हेर्नुहोस्ः

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu