जस्टिनसँग प्रेमसम्बन्ध छैन: केण्डल



kendall

बारम्बार अमेरिकी टिभी स्टार केण्डल जेनरले पपस्टार जस्टिन बिबरसँग प्रेमसम्बन्ध लिएर धेरै चर्चा भए तर अमेरिकी टिभी स्टार केण्डल जेनरले जस्टिन सगँ कुनै पनि प्रकारको प्रेमसम्बन्ध नभएको बताएकी छिन् ।

१९ वर्षिया जेनर र २० वर्षिय बिबरलाई धेरै ठाउँमा सँगै देखेपछि उनीहरुको प्रेम सम्बन्ध रहेको शंका गरिएको थियो । जेनरले बिबर आफ्नो मिल्ने साथी मात्र भएको र परिवार सदस्यले पनि उनलाई मन पराउने गरेको बताइन् । प्रेम भन्दा आफू करिअरमा बढी केन्द्रीत भएको जेनरको भनाइ छ ।

अर्की गायिका सेलेना गामेजसँग प्रेम सम्बन्ध टुटेपछि बेबी गायक जस्टिन अहिले एक्लो छन् । केही दिन अघि गामेजले रुँदै जस्टिनका लागि भिडियो बनाएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu