ओबामा दम्पतीको जीवनमा आधारित चलचित्र निर्माण हुने



Obama

अमेरिकी राष्ट्रपति बाराक ओबामा र उनकी श्रीमति मिशेल ओबामाको जीवनमा आधारित चलचित्र निर्माण हुने भएको छ । ‘साउथ साइड वीथ यु’ नाम राखिएको उक्त चलचित्रमा उनीहरूको प्रेमप्रसंग, रोमान्स, विवाह र राष्ट्रपति बन्दासम्मको यात्रालाई समेटिने बताइएको छ ।

होमग्राउन प्रोडक्सन हाउस नामक निर्माण कम्पनीले बनाउन लागेको यस चलचित्रलाई ओबामा दम्पतीको जीवनका महत्त्वपूर्ण घटनालाई चलचित्रमा चित्रण गरिने बताइएको छ । बाराक र मिसेल सन् १९८९ मा पहिलोपटक भेटेका थिए । तीन वर्ष लामो प्रेम पछि उनीहरु बैबाहिक जीवनमा बाधिएका थिए । उनीहरूका दुई छोरी छन् ।

सन् २०१५ जुनदेखि सिकागोमा छायाङ्कन गरिने यस चलचित्रमा ओबामा र मिचेलको पहिलो भेट कहाँ भएको थियो भन्नेसमेत देखाइने भएको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu