
काठमाडौं – बलिउड अभिनेता गोविन्दाकी पत्नी सुनिता आहुजाले नेपालमा आएको विनाशकारी बाढीप्रति गहिरो दुःख व्यक्त गर्दै बाढीपीडितलाई सक्दो सहयोग गर्ने बताएकी छन्। आफ्नी आमा र हजुरआमा काठमाडौंको भएकोले नेपालसँग आफ्नो आत्मीय सम्बन्ध रहेको बताउँदै उनले वास्तविक पीडितसम्म राहत पुर्याउन भरपर्दो माध्यमको खोजी गरिरहेको उल्लेख गरेकी छन्।
उनले बलिउड फिल्म उद्योगलाई पनि नेपालको सहयोगका लागि अगाडि आउन अपिल गरेकी छन्। हरेक अङ्ग्रेजी नयाँ वर्षमा पशुपतिनाथको दर्शन गर्न नेपाल आउने सुनिताले अभिनेत्री मनिषा कोइरालालाई आफूले बहिनीसमान मान्ने र उनले पनि नेपालका लागि सक्दो सहयोग गरिरहेको विश्वास व्यक्त गरेकी छन्।




