‘झिंगे दाउ २’ को तीज गीत ‘जेठानी भर्सेस देउरानी’ सार्वजनिक, केकी र आँचलको घम्साघम्सी



काठमाडौं – आगामी असोज २ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘झिंगे दाउ २’ मा समावेश तीज लक्षित गीत ‘जेठानी भर्सेस देउरानी’ सार्वजनिक गरिएको छ। ओएसआर डिजिटलमार्फत सार्वजनिक गरिएको ७ मिनेट लामो यस गीतमा चलचित्रका मुख्य दुई पात्रबीचको द्वन्द्व प्रस्तुत गरिएको छ।

बाबुल गिरीको शब्द तथा सङ्गीत रहेको यस गीतमा एलिना चौहान र रचना रिमालको स्वर रहेको छ। रामजी लामिछानेको कोरियोग्राफी रहेको भिडियोमा चलचित्रका मुख्य कलाकारद्वय केकी अधिकारी र आँचल शर्मा फिचर्ड छन्। चलचित्रमा जेठानीको भूमिकामा रहेकी केकी र देउरानीको भूमिकामा रहेकी आँचलबीचको दोहोरी र झगडालाई भिडियोमा देखाइएको छ।

ज्ञानेन्द्र देउजाको निर्देशनमा तयार भएको यस चलचित्र कपनगढी सिनेमा प्रा.लि. र फिल्म क्रिउ नेपाल प्रा.लि.को ब्यानरमा निर्माण भएको हो। चलचित्रमा सुलभ प्रतिक देउजा र समीक्षा देउजाको लगानी रहेको छ भने रोशनी अधिकारी देउजा र नीतु श्रेष्ठ देउजा सह-निर्माता हुन्। चलचित्रमा केकी र आँचलका साथै महेश त्रिपाठी, कुशल बिष्ट, आर्यन सिग्देल, हिउँवाला गौतम, सरोज खनाल, वसुन्धरा भुसाल, चैत्यदेवी सिंह, संगम भण्डारी, विजय देउजा, अंशु महर्जन, अभयराज बराल, उत्तम केसी र आशा भुसाल लगायतका कलाकारको अभिनय रहेको छ।

गोविन्द फुयाँल र शिशिर चालिसेको लेखन रहेको चलचित्रको पटकथा तथा संवाद परिच्छेद सेनले तयार पारेका हुन्। विष्णु घिमिरे ‘कल्पित’ को छायांकन, मित्र डी गुरुङको सम्पादन, अर्जुन पोखरेलको सङ्गीत, रोशन श्रेष्ठको द्वन्द्व निर्देशन र ईश्वर घिमिरेको प्रोडक्सन व्यवस्थापन चलचित्रमा रहेको छ। निर्माण पक्षका अनुसार यस चलचित्रको ट्रेलर केही दिनभित्रै सार्वजनिक गरिनेछ।

गीतः

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: thuloparda@gmail.com

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu