
काठमाडौं – चलचित्र ‘आ बाट आमा २’ को नयाँ डान्सिङ गीत ‘रातो टीका लाउँदा क्या दामी देखियो’ सार्वजनिक भएको छ। निर्माण पक्षले चलचित्रको प्रचारप्रसारको उद्देश्यसहित बिहीबार युट्युबमार्फत यो गीत रिलिज गरेको हो। दसैंको माहोल, टीका-जमरा र सामूहिक विवाहको रमाइलो सन्दर्भलाई गीतको भिडियोमा आकर्षक ढंगले प्रस्तुत गरिएको छ।
बाबुल गिरीको शब्द तथा सङ्गीत रहेको यस गीतमा बाबुल स्वयं र चर्चित गायिका रचना रिमालको स्वर रहेको छ। गम्भीर बिष्टको कोरियोग्राफी रहेको भिडियोमा सामूहिक विवाहको उत्सवबीच पल शाह, मलिका महत, आकाश श्रेष्ठ, साइग्रेस पोखरेल, रिश्ता गुरुङ र निकिता आचार्यलाई डान्सिङ अवतारमा रमाइलो गरिरहेको देख्न सकिन्छ। साथै, भिडियोमा सविन श्रेष्ठ लाहुरेको विशेष भूमिकामा प्रस्तुत भएका छन्।
यो चलचित्रको अघिल्लो गीत ‘अचेल किन कान्छी’ सफल भइसकेको छ। ६० लाख भ्युजसहित नेपालको लागि युट्युबको ट्रेन्डिंग एकमा रहेको सो गीतसँगै नयाँ रिलिज भएको दसैँ गीत पनि एक दिन नहुँदै एक मिलियन भ्युज कटिसकेको छ।
चन्द्र पन्तको कथा, पटकथा तथा निर्देशन रहेको यस चलचित्रमा गीतमा देखिएका कलाकारहरूका अतिरिक्त बिपना थापा, प्रदीप रावत, गजित विष्ट, नरेन खड्का र दिलिप अखेडा लगायतको पनि मुख्य भूमिका रहेको छ। चलचित्रको लेखनमा निर्देशक पन्त र रोशन भट्टले सहकार्य गरेका छन् भने संवाद रोशन भट्टले तयार पारेका हुन्।
नवराज उप्रेतीको छायांकन, साहिल खान र मिलन श्रेष्ठको सम्पादन तथा करण सिंहको प्रोडक्सन एक्जिक्युटिभ रहेको यस चलचित्रको डिजिटल पार्टनर ओएसआर डिजिटल रहेको छ।
गीत:



