महेश त्रिपाठी र सिम्रन खड्का मुख्य भूमिकामा रहने चलचित्र ‘छायाँको जीत’ को शुभमुहूर्त, मंसिर ४ गतेदेखि छायांकन सुरु हुने



काठमाडौं । अभिनेता महेश त्रिपाठी र अभिनेत्री सिम्रन खड्का मुख्य भूमिकामा रहने नेपाली चलचित्र ‘छायाँको जीत’ को शुभमुहूर्त भएको छ। मंगलबार काठमाडौंको मैतिदेवी मन्दिरमा क्यामेरा र पटकथाको पूजा गरेर निर्माण पक्षले चलचित्रको औपचारिक सुरुवात गरेको हो।

चलचित्र 'छायाँको जीत' को शुभमुहूर्त कार्यक्रम
चलचित्र ‘छायाँको जीत’ को शुभमुहूर्त कार्यक्रम

भारतीय निर्देशक शिव शोहितको निर्देशनमा बन्ने चलचित्र विशुद्ध प्रेमकथामा आधारित छ। जिथ्रीएस फिल्म्सको ब्यानरमा बन्ने चलचित्रमा महेश र सिम्रनसँगै विजय देउजा, इच्छा सिंह, कविता आले, सुदीप पौडेल, राजु कार्की, प्रतीक चौधरी र मनोज भेटवालको अभिनय छ। बालकलाकारका रूपमा अनामा बम र केशव रोकायालगायत पनि छन्।

निर्माण पक्षका अनुसार चलचित्रको छायांकन मंसिर ४ गतेदेखि सुरु हुनेछ। ३० दिनको छायांकन तालिका तय गरिएको चलचित्रका अधिकांश दृश्य काठमाडौं उपत्यकामा खिचिनेछन्।

चलचित्रको कथा र पटकथा निर्देशक शोहित आफैँले तयार पारेका हुन्। भारतीय मनोरञ्जन क्षेत्रमा १५ वर्षभन्दा बढीको अनुभव भएका शोहितले ‘मृगजा’ (२०२२), ‘तेरी लाडली मैं’ (२०२१) र ‘लाल इश्क’ (२०१८) लगायतका परियोजनामा काम गरिसकेका छन्। उनले ‘क्राइम पेट्रोल डायल १००’, ‘फियर फाइल्स’ र ‘प्यार के पापड’ जस्ता टेलिभिजन धारावाहिकमा पनि काम गरेका छन्।

चलचित्रका निर्माता सुदीप पौडेल र कार्यकारी निर्माता अनुप ढकाल हुन्। छायांकन निर्देशन उत्सव दाहालको छ भने सङ्गीतमा योगेश काजी र शिव शोहितको संयुक्त योगदान छ। सम्पादन भूपेन्द्र अधिकारीले गर्नेछन्।

सुजन केसी सह-निर्माता, ईश्वर घिमिरे निर्माण व्यवस्थापक, रोयल भीमसेन प्रचार सामग्री तथा पोस्टर डिजाइन प्रमुख र रोशन दीवाना कला निर्देशकका रूपमा चलचित्रमा आबद्ध छन्।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: thuloparda@gmail.com

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu