काठमाडौं । एक्सन लभ स्टोरी विधाको चलचित्र ‘मोहनी’ को छायांकन चितवनबाट सुरु भएको छ। विजय ब्लोन तामाङको निर्माण र गोविन्द सिंह भण्डारीको निर्देशनमा बन्न लागेको चलचित्र एक्सन र प्रेमकथामा आधारित हुनेछ।

मोभिरा इन्टरटेन्मेन्टको ब्यानरमा बन्ने चलचित्रको छायांकन ६० दिनसम्म चल्ने निर्माता विजयले जानकारी दिए। चितवनपछि मुस्ताङ, मुक्तिनाथ, पोखरा र काठमाडौंलगायतका रमणीय स्थानमा छायांकन गरिनेछ। कथाको माग अनुसार कलाकार छनोट गरेर छायांकन सुरु गरिएको र दर्शकसम्म राम्रो चलचित्र पुर्याउने लक्ष्यका साथ काम भइरहेको उनले बताए।
चलचित्रमा आशिर्वाद क्षेत्री, सनिशा भट्टराई, सरोज खनाल, निमा पाण्डे, विजय ब्लोन, देवकुमार श्रेष्ठ, रञ्जना भट्टराई, रिस्ता अधिकारी, कर्मा लामा, सुरक्षा इटनी र उत्पल झालगायत कलाकारको अभिनय छ।
चलचित्रको कथा विजय ब्लोन तामाङले लेखेका हुन्। पटकथा तथा संवाद सामीप्यराज तिमल्सेनाको हो। चलचित्रका निर्माता पनि विजय नै हुन्। छायांकन महेश पौडेलको, द्वन्द्व निर्देशन सम्राट बस्नेतको र नृत्य निर्देशन विक्रम स्वार र किरण थापाको छ। मुख्य सहायक निर्देशक तारानाथ न्यौपाने र प्रोडक्सन म्यानेजर तेजबिक्रम केसी छन्।


