निर्देशक राजु श्रेष्ठको नयाँ चलचित्र ‘नौ डाँडा काटेर’ घोषणा



काठमाडौं – हास्यप्रधान चलचित्र ‘कंगाल करोडपति’ को छायांकनको अन्तिम चरणमा रहेका निर्देशक राजु श्रेष्ठले आफ्नो दोस्रो चलचित्र ‘नौ डाँडा काटेर’ निर्माणको औपचारिक घोषणा गरेका छन्। दसैंलगत्तै घोषणा गरिएको सामाजिक कथावस्तुमा आधारित यस चलचित्रको छायांकन यसै वर्षको अन्त्यसम्ममा सुरु गर्ने लक्ष्य राखिएको छ।

सिनेमा पाठशालाको ब्यानरमा निर्माण हुन लागेको यस चलचित्रका निर्माता अनिल कुमार बुढाथोकी हुन् भने कार्यकारी निर्मातामा ईश्वर बल्लभ उप्रेती र लाइन प्रोड्युसरमा सुरज कुमार रहेका छन्। यसै चलचित्रमार्फत रंग पत्रकार रघुनाथ सापकोटाले कथा तथा पटकथा लेखनमा डेब्यु गर्दैछन्।

निर्देशक श्रेष्ठका अनुसार, ‘कंगाल करोडपति’ को सम्पूर्ण काम सकिएपछि मात्र ‘नौ डाँडा काटेर’ का कलाकार, अन्य प्राविधिक टोली र प्रदर्शन मितिबारे विस्तृत जानकारी गराइनेछ। नेपाली चलचित्र क्षेत्रमा नयाँ र फरक कथा पस्कने तयारीमा रहेको निर्माण पक्षले यो चलचित्रमार्फत दर्शकको मन जित्ने विश्वास व्यक्त गरेको छ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: thuloparda@gmail.com

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu