कास्कीको धम्पुसबाट सुरु भयो चलचित्र ‘बाकस’ को छायांकन, वर्षा राउतले दिइन् पहिलो शट



काठमाडौं – नवीन पन्तको लेखन तथा निर्देशनमा निर्माण हुन लागेको नयाँ नेपाली चलचित्र ‘बाकस’ को छायांकन कास्कीको पर्यटकीय गाउँ धम्पुसबाट सुरु भएको छ। सोमबार ३९औँ सिनको दृश्य कैद गर्दै सुरु गरिएको छायांकनमा अभिनेत्री वर्षा राउतले पहिलो शट दिएकी छन्। धम्पुसमा करिब एक महिनासम्म चल्ने यस चलचित्रमा वर्षा राउत र महेश त्रिपाठी मुख्य जोडीको रूपमा प्रस्तुत हुँदैछन्।

पीके इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भइरहेको यस चलचित्रमा वर्षा र महेशका साथै विपना थापा, भोलाराज सापकोटा, हिउँवाला गौतम, धुव्र गौतम, पुष्कर राउत, विक्रम बुढाथोकी, रोहित श्रेष्ठ, विमल यादव र बालकलाकार सुपला सापकोटा लगायतको अभिनय रहनेछ।

सुजिता चौलागाईं निर्माता, राजन सिंह केसी र छत्र बहादुर खड्का सह-निर्माता तथा धर्मेन्द्र पन्त कार्यकारी निर्माता रहेको यस चलचित्रमा महेश पौडेलको छायांकन, दीपक शर्मा र सनम पुरुष राईको सङ्गीत, सियोन श्रेष्ठको कोरियोग्राफी र किरण दाहालको द्वन्द्व निर्देशन रहनेछ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: thuloparda@gmail.com

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu