प्रदीप-सनिशा अभिनित चलचित्र ‘शुभ विवाह’ को छायांकन ४० दिनमै सम्पन्न, फागुन २१ मा प्रदर्शन हुने



काठमाडौं – सुदर्शन थापाको निर्देशनमा निर्माण भएको नयाँ नेपाली चलचित्र ‘शुभ विवाह’ को सम्पूर्ण छायांकन ४० दिनमा सम्पन्न भएको छ। पोखरामा पूजाअर्चना गर्दै छायांकन सुरु गरिएको यस चलचित्रको ४५ दिनको तालिका तय गरिएको भए पनि सम्पूर्ण टोलीको अथक मेहेनतका कारण ५ दिन अगावै काम सकिएको निर्देशक थापाले बताएका छन्।

प्रियदर्शन फिल्मसको ब्यानरमा निर्माण भएको यस चलचित्रमा अभिनेता प्रदीप खड्का र अभिनेत्री सनिशा भट्टराईको मुख्य भूमिका रहेको छ। ‘प्रेम गीत’ पछि निर्देशक थापा र अभिनेता खड्काबीच यसै चलचित्रमार्फत पुनः सहकार्य भएको हो। चलचित्रमा प्रदीप र सनिशाका साथै हरिहर शर्मा, वसुन्धरा भुसाल, मुकुन्द किशोर भट्टराई, कृष्ण ढुङ्गाना, विशाल पहारी, अन्शु महर्जन, बिन्दा खतिवडा, अनिता बस्नेत, मेक्सम गौडेल, सन्तोष थापा, सुनिशा बजगाईँ, आश्मा गिरी, रामेश्वर रिजाल, सुहान श्रेष्ठ र रमेश बज्राचार्य लगायतका कलाकारहरूको अभिनय रहेको छ।

सुप्रिया कटुवालको लगानी रहेको यस चलचित्रका कार्यकारी निर्माता साम भुजेल हुन्। चलचित्रको कथा प्रदीप श्रीवास्तवले लेखेका हुन् भने पटकथा तथा संवाद रामशरण पाठकले तयार पारेका हुन्। प्राविधिक पक्षतर्फ राजेश श्रेष्ठको छायांकन (डीओपी), मिलन श्रेष्ठको सम्पादन, अर्जुन पोखरेलको सङ्गीत, रेभन आरती सिंहको पार्श्व सङ्गीत, राजेन्द्र मोक्तानको कलर ग्रेडिङ र विक्रम स्वारको नृत्य निर्देशन रहेको छ। चलचित्रका मुख्य सह-निर्देशक बसन्त अधिकारी हुन् भने ट्रेलर सम्पादनको जिम्मा साहिल खानले पाएका छन्।

यो चलचित्र आगामी फागुन २१ गतेबाट देशभर प्रदर्शनमा आउने तयारीमा रहेको छ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: thuloparda@gmail.com

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu