‘बाटुलो जून’ को टिजर युट्युब ट्रेन्डिङको शीर्ष स्थानमा



काठमाडौं – शुक्रबार सार्वजनिक भएको सनराइज पिक्चर्स प्रा.लि.को ब्यानरमा निर्माण भएको नयाँ नेपाली चलचित्र ‘बाटुलो जून’ को टिजरले दर्शकको व्यापक साथ पाउँदै युट्युब ट्रेन्डिङको शीर्ष स्थान (नम्बर १) ओगट्न सफल भएको छ। रिलिज भएको पहिलो तीन दिनमै नेपालसहित एक दर्जनभन्दा बढी देशको युट्युब ट्रेन्डिङमा यो टिजर पर्न सफल भएको हो। टिजरमा प्रस्तुत अभिनेता अनमोल केसीको गेटअप, संवाद वाचन र अभिनयका साथै डेब्यु अभिनेत्री प्रिन्सी खतिवडाको उपस्थितिलाई दर्शकले निकै रुचाइरहेका छन्।

भुवन केसीको निर्देशनमा तयार भएको यस चलचित्रले ३० को दशकको आदर्श प्रेमकथालाई प्रस्तुत गरेको छ। अहिलेको प्रविधिमैत्री र तीव्र गतिमा बदलिएको पुस्ताको प्रेमभन्दा नितान्त फरक, तत्कालीन सामाजिक परिवेश, जीवनशैली र प्रेम गर्ने तौरतरिकालाई चलचित्रको कथानकमा मर्मस्पर्शी रूपमा उतारिएको छ।

आगामी कात्तिक २६ गतेबाट देशभर प्रदर्शनमा आउन लागेको यस चलचित्रको लेखन सामीप्यराज तिमल्सेना र सरिन पोखरेलले गरेका हुन्। जिया केसी र भविष्य खड्का निर्माता तथा विवेक थापा सह-निर्माता रहेको ‘बाटुलो जून’ मा राजेश श्रेष्ठको छायांकन, कृष्ण भण्डारीको सम्पादन, रोमन बज्राचार्यको पार्श्व सङ्गीत र प्रदीप श्रेष्ठको एसोसिएट निर्देशन रहेको छ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: thuloparda@gmail.com

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu