काठमाडौं । लभस्टोरी तथा एक्सन विधाको चलचित्र ‘प्रेम अध्याय’ पुसको ३ गतेदेखि रिलिजमा आउने भएको छ। निर्माण पक्षले चलचित्र प्रदर्शनको मिति सार्वजनिक गरेको हो।

किशोर चौधरीको लेखन तथा निर्देशनमा तयार भएको चलचित्र किरण चौधरीले निर्माण गरेका हुन्। चलचित्रमा सरोज खनाल, रामशरण चौधरी, ऋचा थापा, मुकुन्द श्रेष्ठ, मुकुन्द थापा, लक्ष्मण नेपाल, किशोर चौधरी, भुलान चौधरी, विजय श्रेष्ठ र कल्पना उपाध्यायलगायत कलाकारको अभिनय छ।
सार्वजनिक पोस्टरमा चलचित्रका अधिकांश कलाकार अटाएका छन्। अर्को एउटा पोस्टरमा चलचित्रका मुख्य नायक रिसाहा अवतारमा देखिएका छन्।
चलचित्रको छायांकन विष्णु परियारको हो। किशोर चौधरीले शब्द तथा सङ्गीत दिएका छन् भने कोरियोग्राफी कमल राई र किशोर चौधरीको छ। सम्पादन पनि किशोर चौधरीकै हो।
चलचित्रको टिजर र ट्रेलर साहिल खानले तयार पारेका हुन्। पोस्टर आइडल डिजाइनर्सले तयार पारेको हो।


