काठमाडौं । चलचित्र ‘सारथी’ को गीत ‘मयाली’ सार्वजनिक भएको छ। निर्माण टिमले म्युजिक नेपालको युट्युब च्यानलबाट गीत सार्वजनिक गरेको हो।

गीतमा प्रशान्त शिवाकोटी र रचना रिमालको स्वर छ। प्रशान्तकै शब्द र संगीत रहेको गीत प्रेम कथामा आधारित छ। कविराज गहतराजले निर्देशन गरेको गीतको भिडियोमा चलचित्रका मुख्य कलाकार गिरी विश्वकर्मा र गायत्री जोशीको रोमान्टिक नृत्य प्रस्तुत गरिएको छ। भिडियो गोपाल रायाले छायांकन गरेका हुन्।
गीतमा रत्न बिकले बाँसुरी, मनीष गन्धर्वले सारंगी, पोषण मगरले मादल र पुरुस्कार खड्काले गितार बजाएका छन्। संगीत उत्पादन विशम आचार्यले गरेका हुन् भने मिक्सिङ तथा मास्टरिङ मुम्बईस्थित साउन्ड स्टुडियोका समिकले गरेका छन्।
कुमार गजुरेलको निर्देशनमा बनेको चलचित्र मंसिर ११ गते प्रदर्शन हुनेछ। कथा, पटकथा तथा संवाद पनि निर्देशक गजुरेलले नै तयार पारेका हुन्।
चलचित्रमा निरुता सिंह, उत्तम प्रधान, मुकुन्द श्रेष्ठ, राजेन्द्र केसी, सम्रान्त थापा, गिरी विश्वकर्मा, गायत्री जोशी, कल्पना थापा, मदन थापा, अनिता कुईकेल, कमला अर्याल, मिलन खड्का, रश्मी गुरुङ, तुलसी राई, आशा विश्वकर्मा, सन्तोष ढकाल, विप्लव खड्का, सागर कँडेल, सुदीप नेपाल र धिरेन कार्कीलगायतले अभिनय गरेका छन्।
किम्भे प्रोडक्सन र धीरज फिल्म इन्फिनिटीको ब्यानरमा निर्माण भएको चलचित्रको सम्पूर्ण छायांकन म्याग्दीको गुर्जा क्षेत्रमा गरिएको हो। प्रस्तुतकर्ता तारा थापा ‘किम्भे’ हुन्।
रदिप श्रेष्ठ र प्रदीप रायमाझी निर्माता रहेको चलचित्रका कार्यकारी निर्माता बेक बहादुर विश्वकर्मा र नवीन श्रेष्ठ हुन्। अविनाश राई, द्वारिका श्रेष्ठ र ओमिसन थापा सह-निर्माता तथा अमिर केसी लाइन प्रोड्युसर छन्।
चलचित्रको छायांकन संकल्प भुजेलले गरेका हुन्। सम्पादन तारा थापा ‘किम्भे’ ले गरेका छन्। मुख्य सहायक निर्देशन राजु खतिवडाको हो भने यमुना आचार्य र आशिष श्रेष्ठ सहायक निर्देशक छन्। बाबुल गिरी र प्रशान्त शिवाकोटीको संगीत रहेको चलचित्र आरआर फिल्म्सले वितरण गर्नेछ।




