
काठमाडौं – गायिका नीशा सुनार र गायक प्रकाश सपुतको स्वरमा नयाँ तीज गीत ‘लाली लपक्कै सारी सपक्कै’ सार्वजनिक भएको छ। गत भदौ १० गते रिलिज गर्ने तयारी रहे पनि देशमा आएको विनाशकारी बाढीका कारण उक्त मिति सारिएको थियो। हरितालिका तीजको अवसर पारेर हाल निर्माण पक्षले गीत सार्वजनिक गरेको हो।
यस गीतमा प्रकाश सपुतकै शब्द तथा सङ्गीत रहेको छ। म्युजिक भिडियोमा सपुत, अभिनेत्री निरुता सिंह र विन्दु बोहराले अभिनय गरेका छन्। साथै, भिडियोमा गायिका सुनार पनि विशेष भूमिकामा प्रस्तुत भएकी छन्। गायक सपुत र उनकी पत्नी विन्दुले पहिलो पटक एकसाथ म्युजिक भिडियोमा काम गरेका हुन्। म्युजिक भिडियोमा कमै मात्र देखिने अभिनेत्री सिंहले गीतको शब्द र विषयवस्तु मन परेका कारण यसमा अभिनय गरेको जनाइएको छ।
सुनिल विकको निर्देशनमा तयार भएको यस भिडियोको कोरियोग्राफी गम्भीर विष्टले गरेका हुन्। भिडियोमा हरि हुमागाँईको छायांकन र प्रविण भट्टको सम्पादन रहेको छ।
गीतः




