ठुलोपर्दा डटकम, काठमाण्डौ ।
माघ २३ गते देशभर प्रदर्शनको तयारीमा रहेको चलचित्र स्केपलाई सेन्सर बोर्डले एडल्ट सर्टिफिकेट दिएको छ । अब चलचित्र १६ वर्ष मुनिकाले हेर्न पाउनेछैनन् ।
फिल्ममा समावेश कुनै पनि दृश्य माथि सेन्सरले कैंची नचलाएको जानकारी दिदैं चलचित्रका निर्देशक अनन्त घिमिरेले चलचित्र स्केप हेरेपछि सेन्सर बोर्डका सदस्यले समेत तारिफ गरेको बताए । कमल श्रेष्ठ र अमिता ढुंगानाको लगानी रहेको चलचित्र ‘स्केप’मा प्रदिप खड्का, रिमा बिश्वकर्मा, कमल श्रेष्ठ, रस्मि भट्ट, मुक्ता आचार्य, प्रकाश श्रेष्ठ, सन्तोष कार्की लगायतका कलाकारको अभिनय रहेको छ ।
लागु पदार्थ को बिषय बोकेको स्केपको कथा तथा पटकथा चलचित्रका नायक प्रदिप खड्काले तयार पारेका हुन् ।