‘बिग बोस सिजन-८’ को उपाधि गौतम गुलाटीलाई



gautam

चर्चित टिभी रियालिटि शो ‘बिग बोस सिजन-८’ को उपाधि लाकार गौतम गुलाटीले हात पारेका छन् । शनिबार साँझ सम्पन्न ‘बिग बोस सिजन-८’ को ग्रान्ड फाइनलमा उनले करिश्मा तन्नालाई पछि पार्दै उपाधि जितेका हुन् । उपाधिसँगै उनले एक कार र रु.५० लाख भारु नगद प्राप्त गरेका छन् ।

करिश्मा तन्ना प्रतियोगिताको दोस्रो स्थानमा रहिन् भने प्रितम तेस्रो बने । ग्रान्ड फाइनलमा प्रितमले २५ लाख लिएर आफैले प्रतिस्पर्धा छाडेका थिए । त्यसपछि करिश्मा र गौतमबीचको प्रतिस्पर्धामा गौतमले बाजी मारेका हुन । गौतम टिभी सिरियल दिया और बाती हमबाट चर्चामा छन । उनी बिगबोसको घरभित्र प्रवेशसँगै निके अनुशाशित र शालिन देखिएका थिए । समाजिक सञ्जालमा गौतमले उपाधि जित्ने पहिले नै अनुमान लगाइएको थियो ।

सलमानले ‘बिग बोस सिजन-८’ केहि दिन अगाडी मात्र छोडेका थिए । चलचित्रको छायांकनमा निकै व्यस्त भएपछि सलमानले ‘बिग बोस सिजन-८’ को होष्ट गर्न छोडेका थिए र त्यसपछि उनको सट्टामा बलिउडकी चर्चित निर्देशक फराहा खानले ‘बिग बोस सिजन-८’ सञ्चालन गरेकी थिइन् । ‘बिग बोस सिजन-८’ भारतको चर्चित टिभी कलर टेलिभिजनबाट प्रशारण हुँदै आएको थियो ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu