ठुलोपर्दा डटकम, काठमाण्डौ ।
सुदुरपश्चिमका क्रान्तिकारी किसान नेता शहिद भिमदत्त पन्तको जीवनीमा आधारित ऐतिहासिक नेपाली चलचित्र “भिमदत्त”को नयाँ गीत रिलिज भएको छ । सार्वजनिक ‘वारी डाँडाँ’ नामक बोलको गीतमा नवल खड्का, नायिका सुमिना घिमिरे र अन्य कलाकारहरु देखिएका छन् ।
राजेश पायल राई र सत्यकला राईको स्वर रहेको ‘भिमदत्त’को सार्वजनिक गीतमा शब्द तथा संगीत मणि थापाको रहेको छ । मणी फिल्मका लेखक समेत हुन् । फागुन २२ गते प्रदर्शन हुने फिल्म ‘भिमदत्त’ मा नवल र सुमिनासँगै नायिका निशा अधिकारी, रमेश बुढाथोकी, देशभत्त खनाल, रवि गिरी, श्रीराम पुँडासैनी, कविता शर्मा लगायतका कलाकारहरु अभिनय रहेको छ ।
प्रतापचन्द्र तामाङ, विष्णु तोवे, अनुराधा शाह, रामशरण बस्नेतको संयुक्त लगानी रहेको चलचित्र ‘भिमदत्त’ राजधानी काठमाण्डौं लगायत सुदुरपश्चिमको डँडेलधुरा देखी मुस्ताङ् समेतका विभिन्न २५ स्थानहरुमा च्यारिटीको रुपमा प्रर्दशन भइसकेको छ ।
गीत हेर्नुहोस्: