ठुलोपर्दा डटकम, काठमाण्डौ ।
प्रदर्शन मिति हालसम्म पनि सार्वजनिक नभएको चलचित्र ‘जंग बहादुरको कोट’को ‘आधा बाटो’ नामक बोलको गीत सार्वजनिक भएको छ । सार्वजनिक गीतमा विमलेश अधिकारी र सुचित्रा आचार्य देखिएका छन भने गीतमा उनीहरुको एकअर्काको प्रेमलाई देखाइएको छ ।
सार्वजनिक गीतमा कालिप्रसाद बास्कोटाको शब्द तथा संगीत रहेको छ । जसलाई नव निर्देशक आशिष भेटवालले निर्देशन गरेका हुन् । सस्पेन्स थ्रिलर भनिएको चलचित्रमा जंगबहादुर राणाको कोटको बिषयलाई देखाइएको छ भने चलचित्रमा जंगबहादुरको जीवनी भने नउठाइएको निर्देशक आशिष भेटवाल जानकारी दिएका छन् ।
चाडैं नै प्रदर्शनमा ल्याउन लागीएको चलचित्रलाई जयन खड्काले लगानी गरेका छन् । अष्ट्रेलियामा छायांकन गरिएको चलचित्रमा विमलेश र सुचित्राका अलावा अनुप बराल, सुवांगी कोइराला लगायतका कलाकारको अभिनय रहेको छ ।
गीत हेर्नुहोस्: