ठुलोपर्दा डटकम ।
जेठ १५ गते अलनेपाल रिलिजको तयारीमा रहेको चलचित्र अधकट्टीको अष्ट्रेलियामा प्रिमियर शो सम्पन्न भएको छ । अष्ट्रेलिया प्रिमियरबाट सकारात्मक प्रतिक्रिया पाएको चलचित्रका निर्देशक तथा रंगपत्रकार सुब्रत आचार्यले बताए । आफुहरुले सोचेको भन्दा पनि राम्रो प्रतिक्रिया पाएको जानकारी दिदैं निर्देशक आचार्यले अरु देशमा पनि केहि समय भित्रमा नै चलचित्रको प्रिमियर शो हुने जानकारी दिए ।
चलचित्र हेरेपछि सम्पुर्ण दर्शकहरुले चलचित्र अधकट्टी निकै राम्रो रहेको बताएका थिए । चलचित्रमा अभिनय गर्ने कलाकारहरु देखी कथावस्तुलाई दर्शकले निकै मनपराए । संचारकर्मी सुव्रत आचार्यको निर्देशनमा बनेको यो सिनेमामा विल्सन विक्रम राई, अशिष्मा नकर्मी, गौरव पहारी, रिस्ता बस्नेत र नव कलाकार प्रदिप बास्तोलाको अभिनय छ । चलचित्रमा नायिका नम्रता श्रेष्ठ विशेष भूमिकामा देखिनेछिन् ।
द्वारिका उदय प्रोडक्शनको ब्यानरमा निर्माण भएको सिनेमालाई कमेडी श्रेणीको भनिएको छ । प्रदिप कुमार उदयले चलचित्रलाई निर्माण गरेका हुन् ।