भारतको उडिसा राज्यमा निर्देशक दीपालाई सम्मान



deepa-basnet

ठुलोपर्दा डटकम ।
भारतको उडिसामा रहेको प्रख्यात युनिभर्सिटि कलिंगा इन्स्टिच्यूट अफ इन्डेस्ट्रीयल टेक्नोलोजि (Kiit University) ले भारतीय स्वतन्त्रता दिवसको दिन नेपाली चलचित्र निर्देशक दीपा बस्नेतलाई सम्मान गरेको छ । दीपालाई नेपालको तर्फबाट अथितीको रुपमा निमन्त्रणा गरिएको थियो ।

उक्त कार्यक्रममा किट युनिभर्सिटीका संस्थापक डा.अच्यूत सामन्त, फिल्म क्रिटिक्स एसोसिएसन उडिसाका अध्यक्ष प्रदोश पटनायक र सचिव दिलिप हली, उडिसा राज्यकी चर्चित नायिका अनु चौधरी तथा कादम्बनी मिडियाकी सम्पादक इति सामन्त लगायत विभिन्न फिल्मकर्मी तथा सञ्चारकर्मीको उपस्थिति रहेको थियो । कार्यक्रममा बोल्दै निर्देशक दीपा बस्नेतले नेपाली फिल्मको परिदृश्यलाई संक्षिप्त रुपमा राखेकी थिइन् ।

यसै कार्यक्रममा बोल्दै किट युनिर्भ्सिटीका संस्थापक डा.अच्युत सामन्तले फिल्म क्षेत्रमा वौद्धिक वर्ग आउनु पर्छ भन्ने भनाई राखेका थिए । निर्देशक बस्नेत पनि फिल्म निर्देशनको शिक्षा हासिल गरेको र सामाजिक मुद्दाहरुमा फिल्म बनाइसकेकाले उनलाई किट युनिभर्सिटीको तर्फबाट अन्तर्राष्ट्रिय परामर्शदाता को रुपमा नियुक्ति गरिने उनले खुलाए ।

कलिंगा इन्टिच्यूट अफ इन्डेस्ट्रीएल टेक्नोलोजिले अब चाँडै नै नेपालमा पनि आफ्नो शाखा विस्तार गर्नेछ । उक्त यूनिभर्सिटीको नेपाल संयोजकको रुपमा निर्देशक दीपा बस्नेत रहनेछन् । आगामी मार्च महिनादेखि उक्त युनिभर्सिटीको नेपालमा औपचारिक रुपमा शाखा अफिस काठमाडौंमा सञ्चालन हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu