ठुलोपर्दा डटकम, काठमाण्डौ ।
अखिल नेपाल चलचित्रकर्मी संघको आयोजनामा पश्चिम नेपालको रोल्पा जिल्लाको सदरमुकाम लिवाङ्गमा ‘अन्तर्राष्ट्रिय चलचित्र कार्यशाला -२०१५’ को औपचारिक उद्घाटन भएको छ । शुक्रवार रोल्पा जिल्ला क्षेत्र नं १ का सभासद तथा नेपाल सरकारका पुर्व उपप्रधानमन्त्री कृष्णबहादुर महराले चलचित्र कै शैलीमा ‘एक्शन र कट’ लिँदै क्ल्याप हान्दै ‘कार्यशाला’को उद्घाटन गरे ।
उद्घाटन सत्रमा बोल्दै प्रमुख अतिथी बनेका सभासद महराले नेपाली चलचित्रको स्तर बृद्धीको लागी आफ्नो स्तरबाट जुनकुनै प्रयासकदमीको लागी तयार भएको भन्दै त्यसको लागी आवश्यक छलफल गरेर अघी बढ्नुपर्ने र सम्बन्धित मुद्धामासमपुर्ण चलचित्रकर्मी एक हुनुपर्ने धारणा राखे । साथै उनले रोल्पा जिल्लामा पनि चलचित्रमा समेटिन सक्ने थुप्रै सम्भावना बोकेका स्थलहरु रहेकोले त्यसको पहिचान गरी फिल्मी सिटीको रुपमा रोल्पालाई स्थापित गर्न यो कार्यशालाले नेतृत्व लिने विश्वास समेत व्यक्त गरे ।
नेपाली चलचित्र उद्योगको आफ्नै परिचय र पहिचान स्थापित गर्नको लागी नेपाली चलचित्रको नयाँ आन्दोलनको रुपमा लिईएको आफ्नो अभियान स्वरुप नै यो कार्यशालाको आयोजना भएको संघका अध्यक्ष केपी पाठकले बताए । नौ दिनसम्म चल्ने कार्यशालामा चलचित्रका विभिन्न विधामा सक्रिय ६० बढी चलचित्रकर्मीहरु सहभागी छन् । जहाँ भारतबाट आएका दुई चलचित्र विज्ञ सेखर दास र भारतिय सिनेमाटोग्राफर एसोशियसनका महासचिव समेत रहेका निर्देशक, सिनेमाटोग्राफर सन्नी जोसेफ तथा ईजिप्टबाट आएकी सिनेमा समिक्षक, लेखक, एडिटर सफा एलाईसी हगागले प्रशिक्षण दिनेछन् ।
कार्यक्रमको उद्धाटन सत्रमा स्थानित संस्कृतीसहित माला र अविरले सहभागी तथा अतिथीहरुलाई स्वागत गरिएको थियो । यसैबीच उद्घाटन सत्रमा चलचित्र लेखक तथा प्रशिक्षक ओमप्रतिक र कुलान्नद गिरी लाई रोल्पाको स्थानित संस्कृती उत्थान र कला क्षेत्रलाई उच्च स्थानमा पुर्याउनमा गरेको सहयोगको कदर गर्दै सम्मान गरियो ।