अब अष्ट्रेलिया, कतार, जर्मन लगायत देशमा ‘लव यू बाबा’



love-you-baba-hongkong

ठुलोपर्दा डटकम, काठमाण्डौ ।
आठ बर्षिय नेपाली निर्देशकद्वारा निर्देशित चलचित्र ‘लव यू बाबा’को हङ्कङ्मा प्रदर्शन गरिएको छ । निर्माता तथा नायक गजित बिष्टका अनुसार हङ्कङ्मा दर्शकहरुले चलचित्रलाई मन पराएका छन् । सयौँको संख्यामा उपस्थित दर्शकले चलचित्र हेरेपछि उत्साहित तारिफ गरेको बताईएको छ ।

विश्वकै कान्छो निर्देशकको रुपमा सौगातले गिनिज बुकमा नाम लेख्ने विश्वास लिएका गजितले हङ्कङ्को सफलता पछि अब चलचित्रको अष्ट्रेलिया, कतार, जर्मन लगायत देशमा प्रदर्शन हुने जानकारी दिए ।

चलचित्रमा गजित बिष्ट, संगम बिष्ट, निश्मा घिमिरे, अशिष्मा नकर्मी, बसन्त भट्ट, निर्मल शर्मा आदिको मुख्य भुमिका रहेको छ । गजित बिस्टको कथा र चलचित्रमा गम्भीर बिस्टले पटकथा तथा संवाद रहेको छ । चलचित्र ‘लव यू बाबा’लाई दिव्यराज सुबेदीले खिचेको हुन् । प्रितम पाण्डेको सम्पादन, सत्य-स्वरूप, डेनी निरौला, दिपक शर्मा र प्रदिप बास्तोलाको संगीत रहेको छ भने कृष्णहरि बराल, शान्तिप्रिय, चन्द्रमणी भट्टराई, प्रदीप वास्तोलाले गीत लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu