ठुलोपर्दा डटकम, काठमाण्डौ ।
नयाँ नेपाली चलचित्र ‘पार्सल’ बन्ने भएको छ । हालै राजधानीमा शुभसाइत गरिएको यस चलचित्रमा आयूष रिजाल, निता ढुंगाना, प्रेम सुब्बा, मनोज शाक्य, विक्रम सिंह लगायतका कलाकारले अभिनय गर्नेछन् ।
रविन श्रेष्ठले निर्देशन गर्न लागेका चलचित्र ‘पार्सल’मा विकास चौधरीको संगीत, दयाराम पाण्डेको गीत रहेको छ भने यूवराज राइको छायांकन, सानु कुमार महर्जनको द्वन्द्व र प्रभु श्रेष्ठको कथा, पटकथा तथा संवाद रहेको छ ।
चलचित्रलाई किशोर सम्बाहाम्फेको प्रस्तुतीमा दक्षकुमार राइले निर्माण गर्न लागेका हुन् । चलचित्रको छायांकन काठमाण्डौ, धरान, कोशी ब्यारेज, इलाम, ताप्लेजुङ लगायतमा गरिनेछ ।