‘इच्छा’ निर्देशक भन्छन् ‘शनीवार दर्शक उर्लिन्छन्’



ichha-1

ठुलोपर्दा डटकम, काठमाण्डौ ।
शुक्रवार रिलिज भएको नेपाली चलचित्र ‘इच्छा’ निर्देशक चलचित्र हेरेका दर्शकबाट पाएको सकारात्मक प्रतिक्रियाबाट उत्साहित भएका छन् । शुक्रवार साँझ कुराकानी गर्दै घिमिरेले दर्शकको प्रतिक्रियाले शनीवार दर्शक हलमा उर्लिने बताए ।

‘शुक्रवार ठिकै दर्शक आएपनि शनीवार दर्शकले हल भरिनेमा ढुक्क छु । राम्रो चलचित्र हेर्ने नेपालीको चाहना ‘इच्छा’ले पुरा गर्नेमा विश्वास दिलाउन चाहन्छु’ निर्देशक घिमिरेले भने । आफुले राम्रो र विशुद्द नेपाली चलचित्र बनाएको दाबी गर्दै घिमिरेले टिकटको पैसा असुल चलचित्र बनाएको दाबी गरे ।

शुक्रवार सोलो रिलिज भएको ‘इच्छा’लाई यसअघि दुई चलचित्र ‘आफ्नो मान्छे आफ्नै हुन्छ’ र ‘श्रीमान-श्रीमती’ जस्ता सफल चलचित्र बनाएका घिमिरेले निर्देशन गरेका हुन् । उनले यसै चलचित्रबाट निर्देशनमा डेब्यू गरेका हुन् । चलचित्रमा दयाहाङ् राई, सुवास थापा, शिखा शाही, आकाश पल, ओम प्रतिक लगाएतका कलाकारहरुको अभिनय रहेको छ ।

इच्छा’मा बिवाह करकापमा होईन स्वेच्छामा हुनुपर्छ भन्ने कुरा देखाउन खोजिएको छ । गंभिर बिष्टको नृत्य, रोशन श्रेष्ठको द्वन्द्व तथा प्रकाश घिमिरेको लेखन रहेको ‘इच्छा’मा रोम ओली, नविन श्रेष्ठ, प्रकाश घिमिरे र लक्ष्मण पौडेलको लगानी रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu