सलमानसँग फोटो खिच्न भोक हडताल



salman-bhok-hadtalबलिउडका सुपरस्टार सलमान खान यतिबेला चलचित्र ‘प्रेम रतन धन पायो’को शुटिङमा व्यस्थ छन् । हालै मात्र बजरंगी भाईजानको छायांकन सकाएर ‘प्रेम रतन धन पायो’को शुटिङ व्यस्त भइरहेका सलमान खानसगँ फोटो खिच्न पाउनुपर्ने माग राखेर एक यूवकले भोक हडताल नै शुरु गरेका छन् ।

वेरावलमा हेयर पार्लर सञ्चालन गर्दै आएका २२ बर्षिय बाबूभाई शीशांगियाले चलचित्र शुटिङ भैरहेको नजिकै यसरी अनसन शुरु गरेका हुन् । उनको एकशुत्रिय माग भनेकै सलमान खानसँग फोटो खिच्न पाउनुपर्ने हो । हाल चलचित्रको शुटिङ राजकोट जिल्लाकै गोडलमा चलिरहेको छ । त्यस आसपासका उनका समर्थकहरु सलमानलाई एकै झलक हेर्नकै लागि घन्टैको बाटो घाएर शुटिङ स्पटमा बसिरहेका हुन्छन् ।

उनका समर्थकहरुको भिडभाडले काम गर्न नसकेर भिड मथ्थर पर्न चलचित्र निर्माण यूनिटले कयैंपटक प्रहरीको साहरा लिईसकेको छ । यसअघि नायक साहिद कपूरलाई पनि चलचित्र हैदरको शुटिङका क्रममा उनका फ्यानहरुले घेरेर केहि दिन चलचित्र शुटिङ गर्नै स्थगित गर्नु परेको थियो ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu