अमेरिकाको अस्ट्रिममा मार्च ८ मा भूल भूलैया



JIwan-luitel-bhool-bhoollaiya-america

ठुलोपर्दा डटकम ।
अमेरिकामा रहेका निर्माता सुशिल कार्कीको आयोजनामा मार्च ८ तारिकका दिन अमेरिकाको अस्ट्रिममा चलचित्र भूल भूलैयाको प्रिमियर शो हुने भएको छ । केहि महिना देखी अमेरिकामा रहेका चलचित्रका नायक जीवन लुईँटेलले यूट्युब मार्फत आफु अभिनित चलचित्र लिएर अमेरिकाको अस्ट्रिममा आउन लागेको बताएका छन् ।

केहि दिन अगाडी मात्र सार्वजनिक भएको ट्रेलर हेरेपछि अमेरिकामा रहेका नेपालीहरुलाई मात्र नभएर नेपाली दर्शकमा पनि चलचित्रप्रति अझ भेरै उत्सुकता जागेको निर्देशक योगेश घिमिरेले जानकारी दिए । दिनेश कुमार पोख्रेलको प्रस्तुतीमा तयार भएको चलचित्रमा सुशिल कार्की, मणिराज कार्की, सुरेश गौतमको लगानी छ । चलचित्रका कार्यकारी निर्माता निरज ढकाल हुन् ।

चलचित्रमा शिवम अधिकारीको लेखन, बाबु श्रेष्ठको छायांकन रहेको यो चलचित्र चैत्र १३ गतेबाट प्रदर्शनमा आउँदैछ । चलचित्रलाई डिजिटल प्रविधीको भरपुर प्रयोग गरेर तयार पारिएको निर्देशक योगेश घिमिरेको भनाई छ । रोशन श्रेष्ठको द्वन्द्व निर्देशन रहेको चलचित्र ‘भूल भुलैया’मा बसन्त सापकोटाको संगीत रहेको छ । योगेश घिमिरे निर्माता निर्देशक रहेको चलचित्र भूल भुलैयामा निता ढुंगाना, जीवन लुईँटेल र शोहित मानन्धर लगायतका कलाकारहरुको मुख्य भुमिका रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu