स्वाइन फ्लुबाट ग्रसित भइन् सोनम कपुर



Sonam-Kapoor-thuloparda-dot-com

पछिल्लो समय भारतमा आतंक नै मच्चाएको स्वाइन फ्लुबाट सामान्य नागरिक मात्रै प्रभावीत भइरहेको खबर आइरहेका बेला भारतीय अभिनेत्री सोनम कपुरमा पनि स्वाइ फ्लुको संक्रमण देखिएको छ । शनिबार कपुरको रगतको नमुना परीक्षण गरेपछि उनमा स्वाइन फ्लुको संक्रमण भएको पुष्टी भएको इण्डीया टुडेले जनाएको छ ।

चलचित्र प्रेम रतन धन पायोको छायाँकनको क्रममा रहेकी उनको स्वास्थ्यमा समस्या देखिए पछि रगत परीक्षण गर्दा स्वाइन फ्लु पोजेटिभ भेटिएपछि उनलाई चाटर्ड विमानबाट मुम्बइ पुर्‍याइएको उक्त अनलाइनले उल्लेख गरेको छ । सोनम गुजरातको राजकोट नजिक अभिनेत्रा सलमान खानसँगै १० दिनदेखि चलचित्रको छायांकनका लागि व्यस्त थिइन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu