
ठुलोपर्दा डटकम, काठमाण्डौ ।
संगीतकार अम्बर गुरुङको स्वास्थ्यमा विस्तारै सुधार हुँदै गएको अस्पतालले जानकारी दिएको छ । केही दिन अघि आफ्नै निवासमा एक्कासी लडेपछि उपचारका लागि धापासीस्थित ग्रान्डी अस्पतालमा भर्ना भएका राष्ट्रिय गानका संगीतकार गुरुङको अस्पतालले पत्रकार सम्मेलन गरेरै उनको स्वास्थ्यको बारेमा जानकारी गराएको हो ।
संगीतकार गुरुङका छोरा राजु गुरुङको साथमा उपचारमा संलग्न डाक्टरहरु अमित थापा, राजु पौडेल सहभागी पत्रकार सम्मेलनमा संगीतकार गुरुङपनि उपस्थित भएका थिए । पत्रकार सम्मेलनमा बोल्दैं गुरुङको उपचारमा संलग्न डाक्टरहरु अमित थापाले क्रमिक रुपमा गुरुङको स्वास्थ्यमा सुधार हुदैं आएको जानकारी दिए ।
संगीतकार अम्बर गुरुङको टाउको र गिदीमा रगत जमेका कारण सुस्त मनस्थिती भएको पनि डाक्टर अमित थापाले जानकारी दिए । अम्बर गुरुङको उपचारमा लाग्ने खर्च सरकारले नै बेहेर्ने भनिसकेको छ । ७८ बर्षका गुरुङ लामो समय देखी पार्किनसन्स मधुमेहबाट पिडित थिए । अस्पताका अनुसार अबको केहि दिनमा नै संगीतकार अम्बर गुरुङ घर जान सक्ने बताएको छ ।