बलिउडका सुपरस्टार शाहरुख खानलाई के तपाई सारी लगाएर महिला भएको हेर्न चाहानु हुन्छ यदि चाहानु हुन्छ भने केहि दिन प्रतिक्षा गर्नुहोस् अब शाहरुख चाडैं साडी लगाएर टेलिभिजनको पर्दामा देखिँदै छन् । किङ खान शाहरुख खानले नयाँ भारतीय च्यानल एन्ड टिभी को शो इन्डिया पूछेगा सबसे शाणा कौनका लागी सारी लगाएका छन् ।
शो मा सहभागी हुन आएका महिलाहरुबाट प्रभावित भएर शाहरुखले सारी लगाएका हुन् । शाहरुखले यो शोमा महिलाहरुलार्इ स्टेजमा बोलाएर साड़ी पहिरिँदै खुलेर रमाइलो गरेका थिए । शो मा आएका महिलाहरुले शाहरुखलार्इ ६ गज लामो गुलाबी सारी लगाइदिएका थिए ।