ठुलोपर्दा डटकम, काठमाण्डौ ।
लामो समयदेखी नेपाली चलचित्रले नयाँ ‘राष्ट्रिय चलचित्र नीति’ नपाउँदा अन्यौल परिरहेको अवस्थामा अब भने नेपाली चलचित्रले नयाँ चलचित्र नीति पाएको छ । शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै नेपाल सरकार सुचना तथा सञ्चारमन्त्री मिनेन्द्र रिजालले नेपाल सरकारले राष्ट्रिय चलचित्र नीति पारित गरेको औपचारिक जानकारी दिए ।
सरकारले चलचित्र नीति पारित गरेपछि अब यस अनुसार ऐन बनाउनुपर्छ र त्यसलाई संसदले पारित गर्नुपर्छ । सरकारले नीत पारित गरेपछि अब ऐन बनाउने बाटो खुलेको छ । नेपाल सरकारले चलचित्र निती पारित गरेपछि यति बेला समग्र चलचित्र क्षेत्रमा आबद्ध विभिन्न संघ, संस्था तथा व्यक्तिहरुले खुसीयाली मनाएका छन् । मन्त्री रिजालले अब चलचित्र क्षेत्रलाई चलचित्र नीति पारित गरेपछि विभिन्न कोणबाट फाइदा हुने बताए ।
मन्त्री रिजालले नेपाली फिल्म निर्यात, मौलिक फिल्म निर्माण तथा छायाँकनका कुराहरुलाई मुख्य प्राथामिकतामा राख्दै फिल्म नीति पारित गरिएको बताए । उनका अनुसार पारित गरिएको नीतिलाई केही दिन भित्रै सञ्चार मन्त्रालयको वेबसाईटबाट सजिलै हेर्न सकिने छ ।