
ठुलोपर्दा डटकम, काठमाण्डौ ।
मधुकुमार श्रेष्ठले नयाँ चलचित्र ‘स्काउट’ को निर्माण गर्ने भएका छन् । शुक्रबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै यस चलचित्रको घोषणा गरिएको हो । चलचित्रलाई सुचना तथा सञ्चारमन्त्री मिनेन्द्र रिजालले चलचित्रको औपचारिक निर्माण घोषणा गरेका थिए भने कलाकारले संवाद बोलेर मुहुर्त सर्ट दिएका थिए ।
यसअघि चलचित्र ‘बजार’, ‘बिन्दास’ र ‘बिन्दास २’ निर्माण गरेका निर्माता मधुकुमार श्रेष्ठ प्रस्तुतकर्ता रहेको चलचित्रमा केदार पराजुली र ईश्वर तिवारीको लगानी रहनेछ । चलचित्रमा गरिमा पन्त, कुशल थापा लगायतका कलाकारको मुख्य भूमिका रहनेछ । कार्यक्रममा बोल्दै निर्माता मधुकुमार श्रेष्ठले चलचित्र ‘स्काउट’ले स्काउट जस्तो एक पवित्र संस्थाको कथा बोल्ने बताए । चलचित्रको कथावस्तु उत्कृष्ट रहेका कारण आफुले चलचित्रमा लगानी गर्न लागेको पनि निर्माता श्रेष्ठले जानकारी दिए ।
चलचित्रलाई चलचित्र निर्माता संघका अध्यक्ष राजकुमार राई, एफडी कम्पनीका अध्यक्ष प्रदिप उदय लगायतले शुभकामना दिएका थिए । चलचित्रलाई गोविन्द गौतमले निर्देशन गर्न लागेका हुन् । चलचित्रलाई शुभकामना दिँदै सुचना मन्त्री मिनेन्द्र रिजालले चलचित्र ‘स्काउट’लाई शुभकामना दिँदै नयाँ चलचित्र पारित भएको पनि घोषणा गरेका थिए ।


