लोकेशन हन्टिङ्मा ‘ब्रासलेट’



braclet-location-hunting

ठुलोपर्दा डटकम, काठमाण्डौ ।
निर्माता तथा कलाकार केशव भट्टराईले निर्माण गर्न लागेको चलचित्र ‘ब्रासलेट’को टिम छायांकन स्थलको खोजीमा काठमाडौं बाहिर निस्किएको छ । निर्मल शर्मा गैँडाले निर्देशन गर्न लागेको उक्त चलचित्रको चैत अन्तिम साताबाट छायांकन सुरु हुने निर्माणपक्षले जानकारी दिएको छ ।

छायांकन स्थलको खोजीमा निर्माता तथा कलाकार केशव भट्टराई, निर्मल शर्मा गैँडा, कलाकार कमल मैनाली र छायाँकार सुदीप बराल निस्किएका छन् । पोखरा लगायतका विभिन्न स्थानमा छायांकन हुने बताइएको चलचित्र ‘ब्रासलेट’को छायांकन स्थलको खोजीमा उक्त टिम पोखरा पुगेको छ । पोखराबाट फर्किए लगत्तै चलचित्रको बारेमा जानकारी दिन पत्रकार सम्मेलन गर्ने निर्णय गरेको निर्माणपक्ष केहि दिन भित्रमा नै काठमाडौं फर्किने बताएको छ ।

नम्रता सापकोटा र रजनी केसीको मुख्य भुमिका रहने चलचित्रमा अन्य कलाकारहरुको खोजी भइरहेको निर्देशक तथा कलाकार निर्मल शर्मा गैँडाले जानकारी दिए । जया ओझाको कथा रहेको चलचित्रमा दिपक शर्मा र ताराप्रकाश लिम्बुको संगीत रहनेछ । जसमा लोकगायक पशुपति शर्माले पहिलो पटक चलचित्रका लागी स्वर भरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu