अनमोलभन्दा अगाडीनै अभिषेकको अँगालोमा सन्ध्या (भिडियो)



Sandhya-kc-abhisek-sth

ठुलोपर्दा डटकम, काठमाण्डौ ।
नायक भुवन केसीले निर्देशन र निर्माण गर्न लागेको चलचित्र ‘ड्रिम’मा नायिकाको रुपमा देखिन लागेकी भिजे सन्ध्या केसी र म्यूजिक भिडियो निर्देशक तथा सञ्चारकर्मी सुरज श्रेष्ठका छोरा अभिषेक श्रेष्ठले अभिनय गरेको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ ।

प्राश्ना शाक्यको स्वरमा रहेको ‘मुटु नचिरिदेउ….’ बोलको गीतमा सन्ध्या र अभिषेकको जोडी निर्देशक श्रेष्ठले बाँधेका हुन् । मोडेल सन्ध्याले अभिषेक प्रति देखाएको उदार प्रेम सहितको अभिनयले भिडियोलाई न्याय गरेको छ । सुरज श्रेष्ठको निर्देशन तथा सम्पादन रहेको भिडियोलाई हरि हुमागाईंले खिचेका हुन् ।

प्राश्नाको ‘महशुस–२’ मा समेटिएको गीतलाई सतिश श्रेष्ठले संगीत भरेका छन् । सुकबहादुर गुरुङको शब्द रहेको गीतलाई नव कलाकारको अभिनयले थप चर्चामा ल्याएको छ ।

भिडियो हेर्नुहोस्:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu