
ठुलोपर्दा डटकम, काठमाण्डौ ।
बिगतका बर्षहरु जस्तै यस बर्ष पनि राप्ती म्युजिक अवार्ड आयोजना हुने भएको छ । हरेक बर्ष आयोजना गरीने राप्ती म्युजिक अवार्डमा यसबर्ष राप्तीका श्रष्टाहरुले मात्रै सहभागीता जनाइने आयोजक संस्था रापती सामज काठमाण्डौले जानकारी दिएको छ ।
बैशाख १८ गते हुने चौथो राप्ती म्युजिक अवार्डमा उत्कृष्ट गायक, गायिका, शब्द, भाका सहित विभिन्न २६ बिधामा अवार्ड प्रदान गर्न लागिएको छ । अवार्डमा सहभागिताको लागी एल्बम वा गीत २०७० माघ देखी २०७१ माघ भित्र प्रकाशित भएको हुनुपर्ने बताइएको छ ।
अवार्डको लागी एसएम एस भोटीङ ४० प्रतिशत, ५० प्रतिशत निर्णायक को र १० प्रतिशत आयोजको निर्णय हुने छ । आवेदन यही फागुन मसान्तसम्म दिन सकीने ब्यवस्था गरीएको छ । आवेदन आलाप रेकर्डीङ स्टुडीयो अनामनगर, मालाश्री स्टुडीयो कमलादी र भ्यु प्वाइन्ट ग्राफीक न्यु प्लाजामा पाइने अवार्डका अध्यक्ष शशी शर्मा मजगैँयाले बताए । एक बर्ष राष्ट्रिय स्तरमा र एक बर्ष राप्ती अञ्चल स्तरीय अवार्डमा यसबर्ष राप्तीका श्रष्टाको मात्रै रहभागिता हुने छ ।