सकियो ‘परिणाम’को छायांकन



mukesh-dhakal-parinamठुलोपर्दा डटकम, काठमाण्डौ ।
त्रिकोणात्मक प्रेम कथामा आधारित भएर निर्माण भएको चलचित्र ‘परिणाम’को छायांकन सकिएको निर्माणपक्षले जानकारी दिएको छ । निर्माता तथा निर्देशक हरी पराजुलीका अनुसार भारतको दार्जलिङ, सिक्किम, सिलगुढी लगायतका स्थानमा चलचित्रको छायांकन गरिएको थियो भने काठमाडौंमा पनि चलचित्रको ३० प्रतिशत छायांकन गरिएको छ ।

अब चलचित्रको धमाधम सम्पादन कार्य सुरु हुने जानकारी दिदै निर्देशक पराजुलीलले चलचित्र नयाँ बर्षसँगै अलनेपाल रिलिज हुने पनि जानकारी दिए । चलचित्रमा मुकेश ढकाल, झरना रिसाल र सारिका घिमिरे मुख्य भूमिकामा छन् । कृष्ण बस्नेत र मित्र पराजुलीको संगीत रहेको चलचित्रमा एनबी महर्जनको एक्सन, शिव ढकालको छायांकन, प्रिया पराजुलीको नृत्य छ ।

नारीले हिंसा सहने होइन प्रतिकार गर्नुपर्छ भन्ने कथालाई चलचित्रले देखाउन खोजेको निर्माता पराजुलीले जानकरी दिए । निर्माता पराजुलीले यसअघि ‘प्रेमपथ, पहिरो, विछोडका साथमा केही भोजपुरी चलचित्रमा लगानी गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu