अमेरिकामा रहेका निर्माता सुशिल कार्कीको आयोजनामा मार्च ८ तारिक अर्थात हिजो भव्य रुपमा अमेरिकाको अस्टिममामा चलचित्र ‘भूल भूलैया’को प्रिमियर शो सम्पन्न भएको छ । चलचित्र हेरेपछि उपस्थित दर्शकहरुले चलचित्र ‘भूल भूलैया’लाई निकै रुचाएका नायक जीवन लुईँटेलले आफ्नो फेसकबुकमा बताएका छन् ।
फेसबुकमा चलचित्र ‘भूल भूलैया’को प्रिमियर शोको तस्विर सार्वजनिक गर्दै चलचित्रलाई उपस्थित दर्शकले निकै मनपराएको जानकारी दिए । चलचित्र हेर्न ‘भूल भूलैया’का नायक जीवन लुइँटेल, हिम्मतवालीका हिरो सुदर्शन गौतम लगायत उपस्थित भएका थिए । केहि दिन अगाडी मात्र सार्वजनिक भएको ट्रेलर हेरेपछि अमेरिकामा रहेका नेपालीहरुलाई मात्र नभएर नेपाली दर्शकमा पनि चलचित्रप्रति अझ भेरै उत्सुकता जागेको निर्देशक योगेश घिमिरेले जानकारी दिए । दिनेश कुमार पोख्रेलको प्रस्तुतीमा तयार भएको चलचित्रमा सुशिल कार्की, मणिराज कार्की, सुरेश गौतमको लगानी छ ।
चलचित्रका कार्यकारी निर्माता निरज ढकाल हुन् । चलचित्रमा शिवम अधिकारीको लेखन, बाबु श्रेष्ठको छायांकन रहेको यो चलचित्र चैत्र १३ गतेबाट प्रदर्शनमा आउँदैछ । चलचित्रलाई डिजिटल प्रविधीको भरपुर प्रयोग गरेर तयार पारिएको निर्देशक योगेश घिमिरेको भनाई छ । रोशन श्रेष्ठको द्वन्द्व निर्देशन रहेको चलचित्र ‘भूल भुलैया’मा बसन्त सापकोटाको संगीत रहेको छ । योगेश घिमिरे निर्माता निर्देशक रहेको चलचित्र भूल भुलैयामा निता ढुंगाना, जीवन लुईँटेल र शोहित मानन्धर लगायतका कलाकारहरुको मुख्य भुमिका रहेको छ ।