निकै विवादास्पद बनेको भारतीय बृतचित्र ‘इडियाज डटर’ अमेरिकामा प्रदर्शन हुने भएको छ । आगामी मार्चमा अमेरिकामा प्रदर्शन गर्न लागेको बृतचित्रमा हलिउड अभिनेत्री मेरिल स्ट्रीप र फ्रीडा पिंटो पनि सहभागी हुनेछन् । यो बृतचित्र अमेरिकामा मात्र नभई स्वीटजर्ल्याण्ड, नर्वे र क्यानाडामा पनि प्रदर्शन गरिने छ ।
सन् २०१२ मा भारतको नयाँ दिल्लीमा भएको सामूहिक बलात्कारमा संलग्न अभियुक्तको बीबीसीले अन्तवार्ताको आधारमा तयार पारिएको बृतचित्र इन्डियाज डटरको प्रदर्शनले भारतभर आक्रोस हुनसक्ने भन्दै सरकारले त्यहाँ भने प्रतिबन्ध लगाएको थियो ।
सरकारले प्रतिबन्ध लगाए पनि भारतीयहरुले सो बृतचित्रलाई अनलाइन मार्फत हेरेका थिए । यसअघी बीबीसीले बेलायतमा बीबीसी फोर मार्फत प्रदर्शन गरेपछी बिश्वभरका मानिसले यो बृतचित्र हेरेका थिए ।