प्रेमी रोशनसँग सुमिनाको बिहे



Sumina-ghimire-marrige1

ठुलोपर्दा डटकम, काठमाण्डौ ।
लामो समय देखी प्रेमसम्बन्धमा रहेकी नायिका सुमिना घिमिरेले अन्तत: बिहे गरेकी छिन् । काभ्रे घरभएका प्रेमी रोशन सापकोटासँग उनले सोमवार बिबाह गरेकी छिन् । उनको बिहे काठमाण्डौको एक पार्टी प्यालेसमा भएको नजिकको स्रोतले जनाएको छ ।

पेशाले पाईलट रहेका रोशन अहिले भने एउटा एल्बमको तयारिमा छन् । आफ्नै एकल शब्द र संगीत रहेको एल्बमको नाम रोशनले ‘अँधेरी औशीको रातमा’ राखिएको बुझिएको छ। सुमिनाले आज आफ्नो परिवार, आफन्त, राजनीतिज्ञ र सिमित फिल्मकर्मीलाई साक्षी राख्दै लगन गाठो कसेकी हुन् । चलचित्रकर्मी र मिडियालाई खबर नगरी सुमिनाले प्रेमी रोशन सापकाटोसँग बिहे गरेकी हुन् ।

Sumina-ghimire-marrige

सुमिनाको बिहेमा चलचित्रकर्मीको संख्या ज्यादै न्यून छ । हाल सुमिना घिमिरे अभिनित चलचित्र भिमदत्त प्रदर्शन भइरहेको छ भने माला नामक चलचित्र प्रदर्शनको तयारीमा रहेको छ । केहि महिना अगाडी मात्र नायिका सुमिना घिमिरेले चलचित्र नखेल्ने उद्घोष समेत गरेकी थिइन् । सुमिना र रोशनलाई ठुलोपर्दा डटकमको तर्फबाट पनि बैवाहिक जीवनको शुधकामना ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu