भारतीय सेन्सर बोर्डले हलिउड फिल्म ‘फप्टी सेड्स अफ ग्रे’लाई भारतमा रिलिज गर्न रोक लगाएको छ । सेन्सर बोर्डले अनावश्यकरुपमा फिल्ममाथी कडाइ गरिरहेको भन्ने आरोप खेपिरहेको बेला यस किसिमको निर्णय लिएको हो ।
सेन्सर बोर्ड फिल्म प्रमाणिकरणका मुख्य कार्यकारी श्रवण कुमारले फिल्मलाई प्रदर्शन अनुमति नदिएको विषयमा बोल्न अस्वीकार गरेका छन् । भारतमा फिल्म रिलिज सहज होस भनेर निर्माताहरुले केही दृश्य र संवादहरू आगाडी नै हटाएर सेन्सरका लागि पठाएको थियो तर पनि सेन्सर बोर्डले फिल्मका केही दृश्य र संवादका कारण फिल्मलाई रोक लगाउने निर्णय गरेको छ ।