ठुलोपर्दा डटकम, काठमाण्डौ ।
संगीतकार राजेन्द्र श्रेष्ठद्धारा पहिलोपटक निर्मीत फिल्म साइकलको एउटा गीत युट्युबमार्फत सार्वजनिक गरिएको छ। ‘यो हो काठमाडौं’ बोलको युवा पुस्ता लक्षित यो गीतलाई गायक राजेशपायल राईले गाएका छन् भने संगीत राजेन्द्र श्रेष्ठ र रचना प्रकाश बज्राचार्यको रहेको छ । आगामी चैत्र २० गतेबाट अल नेपाल रिलीज हुने साइकलको प्रदर्शन तिथीलाई लक्षित गर्दै यो गीत युट्युबमार्फत
सार्वजनिक गरिएको हो।
शिव घिमिरेको निर्देशनमा बनेको साइकलमा एउटा गरिब तर जेहेन्दार विद्यार्थीको संघर्ष तथा एउटी सम्पन्न युवतीको अहंताबिचको द्धन्द्धात्मक त्रिकोणात्मक कथा छ। टप इन्टरटेनमेन्टको व्यानरमा संगीतकार राजेन्द्र श्रेष्ठका साथमा रत्नबहादुर श्रेष्ठ, श्रीमाया श्रेष्ठ र सृष्टी थापाद्धारा निर्मित फिल्ममा सह निर्मात्री धनुका राई ‘धरा’ रहेकी छिन्। बिक्की मल्ल, हषिर्का श्रेष्ठ, दिनेश डिसी, रामचन्द्र अधिकारी, विजय देउजा, रश्मी भट्ट, टेकबहादुर केसी, आनन्द पुन, रोशन श्रेष्ठले अभिनय गरेको फिल्ममा विश्व साइकल यात्री पुष्कर शाह र गायक राजेशपायल राई अतिथी भूमिकामा छन्।
चैत्र २० बाट एकसाथ देशभर प्रदर्शन हुने फिल्ममा लेखन निर्देशक घिमिरेकै रहेको छ भने गीत प्रकाश बज्राचार्य, शंकर अधिकारी घायल, संगीत निर्मााता राजेन्द्र श्रेष्ठ, नृत्य कविराज गहतराज, द्धन्द्ध प्रदिप खड्का, छायांकन निरज कंडेल र सम्पादन नविन निरौलाको रहेको छ।
गीत हेर्नुहोस्: