‘द ट्वीनिङ भिलेज’को काठमाडौंमा भब्य प्रिमियर



Miteri-Gau-premierठुलोपर्दा डटकम, काठमाण्डौ ।
नेपालको पश्चिम कास्की जिल्लाको नामर्जुङ गाविसमा रहेको ताङतिङ र यूकेको विम्बिस तथा डेबडेन बीचको मितेरी सम्बन्धबारे तयार पारिएको वृत्तचित्र ‘मितेरी गाउँ: द ट्वीनिङ भिलेज, एन अनब्रेकएबल बोण्ड अफ फ्रेण्डसिपको राजधानीमा बुधबार प्रिमियर गरिएको छ ।

सन् २००७ देखि कायम भएको यी दुई स्थानको दौत्य सम्बन्धले पारेको सकारात्मक प्रभावलाई वृत्तचित्रमा प्रस्तुत गरिएको छ । मुनाल फिल्मस् प्रालिले निर्माण गरेको वृत्तचित्रका छाँयाकार, सम्पादक र निर्देशक भोजबहादुर गुरुङ हुन् । वृत्तचित्रको प्रिमियर गर्नु अघि कार्यक्रमका प्रमुख अतिथि बेलायतका लागि पूर्व नेपाली राजदुत डा.सुरेश चालिसे, पूर्व मेजर एवं सांसद दीपक गुरुङ र वृत्तचित्रका निर्देशक भोजलगायतले वृत्तचित्रको डिभीडी सार्वजनिक गरेका थिए ।

२५ मिनेट लामो वृत्तचित्रमा दौत्य सम्बन्ध कायम भएपछि यूकेमा रहेका स्थानीय र त्यहाँका लाहुरे नेपालीले ताङतिङलाई गरेको विकासका सहयोग देखाइएको छ । राम्रो शिक्षा, स्वास्थ्यबाट बञ्चित ताङतिङका बालबालिका र समुदायलाई दौत्य सम्बन्धले दिएको सुविधालाई रोचक ढंगले वृत्तचित्रमा प्रस्तुत गरिएको छ ।

ताङतिङको विकासका लागि यूकेबासी गरेको योगदान र उनीहरुको ताङतिङ बुझाईलाई पनि वृत्तचित्रमा प्रस्तुत गरिएको छ । विद्यालय भवन निर्माणदेखि स्वास्थ्य शिविर र स्थानीय स्वास्थ्य चौकीलाई आवश्यक औषधि सहयोग गरिएको कथा पनि वृत्तचित्रमा छ ।

वृत्तचित्र हेरेपछि पूर्व मेजर गुरुङले मातृभूमि र आफ्नो गाउँको लागि भोजले गरेको कामको प्रशंसा गर्दै उनीजस्तै अन्य नेपालीले पनि आफ्नो जन्मथलोका लागि काम गर्नुपर्ने सुझाव दिए । वृत्तचित्रमा जीत गुरुङले सबटाइटल गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu