अमेरिकामा रहेर सँस्कृतीको संरक्षणमा कुमार, ‘सोय ढो सोय’ बजारमा आउँदै



Kumar-Rai

ठुलोपर्दा डटकम, काठमाण्डौ।
पहिलो गीत ‘सोमबारे हाटैमा’को सफलता पश्चात गायक कुमार दुमी राईले नयाँ गीतको म्युजिक भिडियो बजारमा ल्याउने तयारीमा रहेका छन् । छायांकन समाप्त भइसकेको नेपाली किरातहरुको साकेला गीत ‘सोय ढो सोय’ नामक बोलको गीतमा कुमारले आवाज भरेका छन् ।

कुमार यतिबेला अमेरिकामा बस्छन् । अमेरिका जस्तो पश्चिमा सँस्कृतिले भरिएको देशमा रहेर पनि कुमारले आफ्नो सँस्कृतिलाई बिर्सेका छैनन् । ठुलोपर्दा डटकमसँगको अनलाईन वार्तामा कुमारले आफ्नो कला-सँसकृतिको रक्षाको लागी नै आफुले निरन्तर नेपाली संगीतमा समय खर्चिएको बताए ।

soye-dhoye-shoye-shooting

यस गीतमा शब्द, संगीत र स्वर कुमार राईको रहेको छ भने गीतलाई राकेश सोनीले एरेन्ज गरेका हुन् । यस गीतको भिडियो काठमाडौंको फर्पिंग आसपासमा छायांकन गरिएको छ । भिडियोमा चर्चित हाँस्यकलाकार विल्सन विक्रम राई र गीता राईले अभिनय गरेका छन् । संजय बरालले निर्देशन गरेको म्युजिक भिडियो आउँदै गरेको किरातहरुको महान चार्ड बैशाख पुर्णमाको उभौली पर्वको अवसरमा सार्वजनिक गरिने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu